बीमा समितिका अध्यक्ष सिलवाललाई अर्को धक्का, नयाँ सञ्चालकद्वारा बैठकमा सहभागी हुन अस्वीकार

१४ मंसिर २०७८, मंगलवार १८:२२

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिमा पठाएका सञ्चालक शोभाकान्त पौडेले नजाने भएका छन् । यससँगै बीमा समितिमा गलत धन्दा गर्दै अदृष्य रुपमा भ्रष्टाचार गर्दै आएका बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल थप संकटमा परेका छन्।

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले अर्थमन्त्रीलाई गतल ब्रिफिङ गर्दै बैठकमा सहभागी हुन नभ्याएको आरोपमा हाल भन्सार विभागका प्रमुख नारायण सापकोटाको ठाउँमा आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौडेललाई नियुक्त गराएका थिए ।यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत काम गरेर फर्केका नारायण सापकोटाले बीमा समितिको बैठकमा निकै कडिकडाऊ गर्दै अध्यक्षको बैठक सञ्चालन प्रक्रियामाथि नै प्रश्न चिन्ह उठाएपछि एक महिनासम्म अर्थमन्त्रालयमा धाएर अध्यक्ष सिलवालले सापकोटाको ठाउँमा पौडेललाई नयाँ सञ्चालक बनाउन लगाएका थिए ।

तर, पौडेल दुई ठाउँमा सञ्चालक बनेर काम गर्न अप्ठेरो परेपछि बीमा समिति नजाने भएका हुन् । पछिल्लो समय भ्रष्टाचार र गलत निर्णयका कारण विवादमा परेको बीमा समितिमा कर्मचारीको रोजाईमा समेत पर्न छोडेको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालका कारण पछिल्लो समय बीमा समिति सर्वत्र आलोचना र विरोधको केन्द्रबिन्दु बन्न पुगेको छ ।
हालका सञ्चालक नारायण सापकोटाले बीमा समितिमा हुने काम कारवाहीमा कडा निगरानी राखेपछि बीमा समितिकै लविङमा गत साता अर्थमन्त्री जनार्दन शर्माले सञ्चालक परिवर्तन गरी पौडेललाई नियुक्त गर्ने निर्णय गरेको थिए ।

तर, पौडेल नेपाल धितोपत्र बोर्डमा समेत सञ्चालक भएकोले बीमा समितिमा जान नमिल्ने भएको हो । अर्थमन्त्रालयबाट दुई ठाउँमा सञ्चालक बन्ने परम्परा नभएकोले पौडेल बीमा समिति नजान लागेका हुन् ।बीमितको तर्फबाट सञ्चालक बनेको राष्ट्रिय बाणिज्य बैंकका सिईओ किरण कुमार श्रेष्ठले पदबाट राजिनामा दिइसकेको अवस्थामा अर्थमन्त्रालयको सञ्चालक समेत बैठकमा सहभागी नभएपछि बीमा समितिको सञ्चालक समिति नै अप्ठेरोमा परेको छ ।

अझ पछिल्लो पटक बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले सञ्चालक समितिको बैठक नै कीर्ते गर्ने गरेको तथ्य बाहिरिएपछि बीमा समितिप्रति नियामक निकायको चासो बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*