जीवन बीमा कम्पनीहरुले कात्तिकमा आर्जन गरे १० अर्बभन्दा बढि बीमाशुल्क, कुनले कति गरे ?

१५ मंसिर २०७८, बुधबार १२:४९

काठमाडौं । जीवन बीमा कम्पनीहरुले कात्तिक महिनामा १० अर्ब रुपैयाँ माथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले कात्तिक महिनामा सम्ममा १० अर्ब १९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

कात्तिक महिनामा नेपाल लाइफको अग्रता नै कायम रहेको छ । कम्पनीले कात्तिक महिनामा २ अर्ब ६४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

दोस्रोमा एलआइसी (नेपाल) रहेको छ । कम्पनीले कात्तिक महिनामा एक अर्ब ३३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा एक अर्ब आठ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । चौथौमा रहेको युनियनले एक महिनामा मात्रै ६६ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

एशियन ५९ करोड ६९ लाख, मेट लाइफ ४६ करोड ४७ लाख, प्राइम ३९ करोड ७५ लाख, सूर्या ३८ करोड ८० लाख, सिटिजन लाइफ ३८ करोड ७० लाख, सन नेपाल ३६ करोड ७६ लाख, रिलायबल ३३ करोड ३७ लाख रुपैयाँ कुला बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

राष्ट्रिय बीमा संस्थान २५ करोड ३४ लाख, ज्योति लाइफ २३ करोड ८० लाख, गुराँस २२ करोड ३६ लाख, आइएमई १९ करोड ५८ लाख, रिलायन्स १८ करोड ७७ लाख, सानिमा लाइफ १८ करोड ५१ लाख, प्रभु लाइफ १३ करोड ५३ लाख र महालक्ष्मी लाइफले १० करोड ८० लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

स्रोत बीमा समिति । रकम रु लाखमा ।

संशोधन गरिएकोः कार्तिक महिनाको बीमा शुल्क आम्दानी १० अर्बभन्दा बढि हुनुपर्नेमा अन्यथा पर्न गएकोमा संशोधन गरिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*