सन नेपाल लाइफद्धारा ब्यतित बीमालेख पुनर्जागरण गराउँदा बिलम्ब शुल्कमा छुट

१६ मंसिर २०७८, बिहीबार १३:३०

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेखहरु पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ ।

कम्पनीबाट जारी भई समयमै नविकरण बीमाशुल्क भुक्तानी हुन नसकी ब्यतित भएका बीमालेखहरुमा मंसिर २९ गतेसम्म पुनर्जागरण गराएमा बिलम्ब शुल्कमा शत प्रतिशत छुट प्रदान गरिने भएको हो । ब्याज छुट सुविधा २ वर्ष अगाडिदेखी ब्यतित भएको बीमालेखको हकमा मात्र लागु हुने कम्पनीले जनाएको छ ।

साथै, ब्याज छुट सुविधा बीमा अवधिभरमा एकपटक मात्र उपभोग गर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*