तेमाल गाउँपालिका बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न, स्थानियमा बीमा जानकारी करिब शून्य

१६ मंसिर २०७८, बिहीबार १७:५२

काठमााडौं । बीमा समितिले काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । यसअघि पनि समितिले सबै स्थानीय तहमा बीमा जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आईरहेको छ।

काठमाडौं नजिकै रहेको काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाँउपालिकाका स्थानियले बीमाबारे अझै पनि जानकारी पाएका थिएनन् । बीमा समितिले आज आयोजना गरेको कार्यक्रमबाट बीमा सम्बन्धी जानकारी पाएका स्थानीयहरुको लागि यो बिषय नौलो नै रहेको थियो ।यस्ता कार्यक्रम बेला–बेलामा संचालन गर्ने हो भने सबै स्थानिय तहमा पुग्न सक्ने विज्ञहरु बताँउछन् । एकपटक कार्यक्रम संचालक गरि पुन हराउने प्रवृत्तिले बीमा जनचेतना बढ्न नसकेको अधिकारीहरु बताँउछन् ।

बीमा समितिका निर्देशक कमल रेग्मीको संयोजकत्वमासहायक निर्देशक पुर्ण बहादुर थापा र सहायक प्रथम श्याम सुन्दर नगरकोटीको सहभागिता उक्त कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा बीमा सम्बन्धी प्रस्तुती समितिका निर्देशक रेग्मीले दिएका थिए । कार्यक्रममा उनले बीमा अत्यावश्यक भएकाले सबैलाई बीमा गर्न अनुरोध गरेका थिए ।
तेमाल गाउँपालिकामा अध्यक्ष सलाम सिंह तामाङ, उपाध्यक्ष दुर्गा माया तामाङ, सम्पुर्ण वडाका जनप्रतिनिधिहरु, कृषक, व्यवसायी सहित ७० जना भन्दा धेरैको सहभागिता थियो । यस क्षेत्रका बासिन्दामा बीमा सम्बन्धी त्यति धेरै ज्ञान नभएको पाइएको छ ।

तेमाल गाउँपालिकामा अध्यक्ष सलाम सिंह तामाङ आगामी दिनमा बीमाको निति बजेटमा समावेश गरेर अगाडि बढ्ने बताए । त्यस्तै, कार्यक्रममा उपस्थित सहभागीहरुमा बीमा सम्बन्धी ज्ञान नभएको हुँदा यस कार्यक्रमले थप सहयोग पुगेको बताएका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*