नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ उत्कृष्ट, कुनको अवस्था कस्तो ?

१७ मंसिर २०७८, शुक्रबार १३:३७

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा सूचीकृत जीवन बीमा कम्पनीहरुले अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । नेप्से सूचीकृत हाल ११ कम्पनीहरुमध्ये नेपाल लाइफको अग्रता नै कायम रहेको छ । फुयुचर प्रोभिजनको कारण नेपाल लाइफको खुद मुनाफा घटेको छ भने अन्य सूचकमा नेपाल लाइफ नै अगाडि रहेको कम्पनीहरुले प्रकाशन गरेको तथ्याङ्कले देखाएको छ । खुद नाफा आर्जन गर्ने जीवन बीमा कम्पनीहरुको सूचीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ ।

चुक्ता पूँजी सबैभन्दा धेरै सात अर्ब १९ करोड रुपैयाँ रहेको नेपाल लाइफको बीमा व्यवसायको मुख्य श्रोत खुद बीमाशुल्क आर्जन र जीवन बीमा कोषमा मात्रै अग्रता राख्न सकेको छ । जगेडा कोषमा नेपाल लाइफलाई युनियन लाइफले उछिन्दा खुद नाफामा भने प्राइम लाइफ इन्स्योरेन्स कम्पनी अगाडि रहेको छ ।

नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरु रिलायन्स लाइफ, लाइफ, र गुराँस लाइफ कमजोर देखिएका छन् । पुराना कम्पनीहरूमा भने गुराँस लाइफ इन्स्योरेन्स कमजोर देखिएको छ ।

चुक्ता पुँजीको आधारमा

नेपाल लाइफ पछि नेशनल लाइफको चुक्ता पूँजी ३ अर्ब ३९ करोड रुपैयाँ छ । यस्तै, प्राइम, सुर्या, एलआइसी नेपाल, ज्योति लाइफ, युनियन लाइफ, रिलायन्स लाइफ, एशियन लाइफ र प्रभु लाइफले न्यूनतम २ अर्ब रुपैयाँभन्दा बढी चुक्ता पूँजी पुर्याएका छन् ।

खुद बीमा शुल्कको आधारमा

नेप्सेमा सूचीकृत नेपाल लाइफले नौ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ ।
यस्तै, एलआइसी नेपालले पाँच अर्ब २२ करोड रुपैयाँ, नेशनल लाइफले तीन अर्ब ४४ करोड, युनियन लाइफले एक अर्ब ८३ करोड रुपैयाँ, एशियन लाइफले एक अर्ब ५७ करोड, प्राइम लाइफले एक अर्ब १७ करोड, सूर्या लाइफले एक अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन् । बाँकी कुनै पनि बीमा कम्पनीहरुको खुद बीमाशुल्क भने अर्ब नाघेको छैन् ।

सबै भन्दा कम खुद बीमाशुल्क आर्जन गर्नेमा प्रभु लाइफ इन्स्योरेन्स रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा प्रभु लाइफले ५५ करोड ६३ रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको छ । प्रभु लाइफ नयाँ जीवन बीमा कम्पनी हो ।

खुद मुनाफाको आधारमा

नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै खुद नाफा कमाउनेमा प्राइम लाइफ इन्स्योरेन्स रहेको छ । प्राइम लाइफले यस अवधिमा १२ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
त्यस्तै, सूर्या लाइफले ११ करोड ३५ लाख रुपैयाँ, एशियन लाइफले ९ करोड ६२ लाख, ज्योति लाइफले ९ करोड २२ लाख र नेशनल लाइफ इन्स्योरेन्सले ८ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन् ।
सबै भन्दा कम नाफा आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल लाइफले यस अवधिमा ७० लाख ३३ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ ।

जीवन बीमा र जगेडा कोषको आधारमा

नेप्सेमा सूचीकृत जीवन बीमा कोषमा नेपाल लाइफ र जगेडा कोषमा युनियन लाइफ मजबुत देखिएको छ ।जीवन बीमा कोषमा नेपाल लाइफको सबै भन्दा धेरै एक खर्ब १८ अर्ब ७५ करोड रुपैयाँ संचिती रहेको छ । नेपाल लाइफ खर्बमाथिको जीवन बीमा कोष खडा गर्ने नेपालको एक मात्र जीवन बीमा कम्पनी पनि हो । त्यस्तै, जगेडा कोषमा युनियन लाइफको सबैभन्दा धेरै एक अर्ब १२ करोड रुपैयाँ सञ्चित रहेको छ ।

यस्तै, नेपाल लाइफपछि जीवन बीमा कोषमा एलआईसी नेपालको ८३ अर्ब ४० करोड रुपैयाँ सञ्चित छ । एलआईसी नेपालको यस आवमा खर्ब क्लवमा प्रवेश गर्ने सम्भावना प्रवल रहेको छ । जगेडा कोषमा भने युनियन लाइफ भन्दा थोरै अंकले मात्रै पछाडि एशियन लाइफको ९८ करोड ५९ लाख रुपैयाँ सञ्चित छ ।
जीवन बीमा कोषमा सबै भन्दा कम प्रभु लाइफको दुई अर्ब ३० करोड रुपैयाँ मात्रै रहेको छ । नयाँ कम्पनी भएकोले जगेडा कोष भरिन समय लागेको हो ।

प्रतिशेयर आम्दानी आधारमा

नेप्सेमा सूचीकृत ११ जीवन बीमा कम्पनीको तुलनात्मक अध्ययन गर्दा प्रतिशेयर आम्दानीमा प्राइम लाइफ इन्स्योरेन्स अघि देखिएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्राइम लाइफ इन्स्योन्स प्रतिशेयर आम्दानी सबै भन्दा धेरै २० रुपैयाँ २८ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*