नेशलन लाइफ इन्स्योरेन्सको घण्टाघर शाखाद्वारा अभिकर्ता तालिम तथा सम्मान कार्यक्रम सम्पन्न

१८ मंसिर २०७८, शनिबार ०७:०६

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको घण्टाघर शाखा, काठमाडौंले हिजो आफ्ना अभिकर्ताहरुलाई पुनर्ताजगी तालिम दिई सम्मानित गरेको छ । कम्पनीका क्षेत्रिय प्रबन्धक सुमोद थापाको उपस्थितिमा घण्टाघर शाखा प्र्रमुख जयराम धिताल र विकास अधिृकत प्रशासन्त कपालीले अभिकर्ताहरुलाई प्रशिक्षण तथा अभिमुखिकरण तालिम दिएका थिए ।

रामप्रसाद तिमल्सिनाले संयोजन गरेको कार्यक्रममा अभिकर्ताहरुलाई पुष्प गुच्छा तथा खादा ओढाएर सम्मान गरिएको घण्टाघर शाखाले जनाएको छ । पुनर्ताजगी तालिमपछि अभिकर्ताहरुमा नयाँ जोश र उत्साह भरिएको कम्पनीले जनाएको छ । देशकै अग्रणी कम्पनी नेशनल लाइफ इन्स्योरेन्स आक्रामक बीमा व्यवसायमा अघि बढिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*