एशियन लाइफका टप अभिकर्ताहरु सम्मानित

१९ मंसिर २०७८, आईतवार ०८:२४

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीका टप बीमा अभिकर्ताहरु हिजो पोखरामा आयोजित भव्य समारोहका बीच सम्मानित भएका छन् ।

कम्पनीमा आबद्ध कूल २७० जना क्लव मेम्वर सम्मेलनमा सहभागी हुन छनौट भएका मध्ये १९० जना सम्मान तथा पुरस्कार ग्रहणका लागि पोखरामा उपस्थित भएका थिए । कम्पनीका अध्यक्ष दीपक कुमार श्रेष्ठको उपस्थितिमा पोखराको होटल ग्राण्डमा आयोजित कार्यक्रममा सिईओ दिनेशलाल श्रेष्ठ समेत टप अभिकर्ताहरुलाई सम्मानित गरिएको हो ।

कम्पनीले दुई जनालाई मोटरसाइकल, दुई जनालाई लिड टेलिभिजन तथा दुई जनालाई फ्रिज उपहार प्रदान गरेको छ । कम्पनीले गोल्ड मेम्बरको रुपमा १० जना, टिमबाट उत्कृष्ट व्यवसाय गर्ने ३ जना र व्यक्तिगत कोडमा उत्कृष्ट व्यवसाय गर्ने तीन जनालाई विशेष सम्मान प्रदान गरेको छ ।

सो पुरस्कार तथा सम्मान कार्यक्रममा कम्पनीका सञ्चालक सजल मास्के, डेपुटी सिईओ होम बहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

कम्पनीमा आबद्ध एक लाख अभिकर्ता मध्ये सक्रिय करिब १९ हजार जना छन् । सो मध्येबाट उत्कृष्ट व्यवसाय गर्ने बीमा अभिकर्ताहरु छनौट गरी पोखरामा भव्य कार्यक्रमका बीच सम्मान गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*