पाँच जिल्लामा ‘यूवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

१९ मंसिर २०७८, आईतवार १२:५४

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले हेटौंडा, दमौली, भिरकोट, बादबर्दिया र कोहलपुरमा ‘यूवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले बीमा जागरण राष्ट्रिय अभियानलाई अझै तिब्रता दिंदै आएको छ । आश्विन महिनाबाट प्रारम्भ गरिएको जनचेतना अभियानमा युवा र विद्यार्थीहरुको आकर्षण बढ्दै गएको कारण तीन महिना भन्दा कम अवधिमा २३ जिल्लाको ४२ स्थानमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम संचालन भइसकेको कम्पनीले बताएको छ ।

यसै सिलसिलामा कम्पनीले मंसिर १५, १६ र १७ गते हेटौडा, दमौली, भिरकोट (स्याङ्जा), बारबर्दिया र कोहलपुरको कलेजहरुमा कार्यक्रम सम्पन्न गरेको हो । सहायक क्याम्पस प्रमुख देविराम लामाको अध्यक्षतामा १७ गते हेटौडा क्याम्पसमा सम्पन्न कार्यक्रममा ९० जनाको सहभागिता थियो ।

बीमाको महत्व बारेमा प्राध्यापक भुपेन्द्र कोइराला र कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले प्रकाश पारेको कार्यक्रममा बीमा जागरणका विषयमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले प्रशिक्षण दिएका थिए । कार्यक्रममा शाखा प्रमुख रेनु साहका साथै अभियानका केन्द्रिय सदस्य सन्ध्या पोखरेल र रोमी श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

त्यस्तै, स्याङ्जाको भिरकोट स्थित भूपू सैनिक कम्यूनिटि एकेडेमीमा अभियानका केन्द्रिय सदस्य खेम भट्टराईको अध्यक्षतामा संचालित जनचेतना कार्यक्रममा ४० जनाको सहभागिता रहेकोमा कम्पनीका क्षेत्रिय प्रमुख अखिल धमलाले प्रशिक्षण दिएका थिए । मंसिर १५ गते दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा प्राध्यापक विरेन्द्र पौडेलको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा ३४ जना विद्यार्र्थीको सहभागिता रहेको थियो । कम्पनीका क्षेत्रिय प्रमुख अखिल धमला र एरिया ब्रान्च मेनेजर माधव न्यौपानेले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।

साथै बाँकेको कोलहपुर शाखाले बारबर्दिया नगरपालिका १० स्थित जनसेवा बहुमुखि क्याम्पसमा क्याम्पस प्रमुख नारायण कुमार श्रेष्ठको अध्यक्षतामा मंसिर १६ गते उक्त कार्यक्रम सम्पन्न गरको हो । ४० जना विद्यार्थिको सहभागिता रहेको कार्यक्रममा सिनियर एजेन्सी मेनेजर ललित जी सि र कम्पनीका शाखा प्रमुख जय प्रकाश उपाध्यायले बीमाको महत्व बारेमा र कम्पनीका क्षेत्रिय प्रमुख तेजेन्द्र न्यौपानेले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

मंसिर १७ गते कोहलपुरको कोहलपुर मोडेल कलेजमा क्याम्पस प्रमुख संजिव बाबु पंगेनीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । ७० जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा अभियानका केन्द्रिय सदस्य विरेन्द्र बहादुर साही र कम्पनीका शाखा प्रमुख जय प्रकाश उपाध्यायले जीवन बीमाको महत्व बारेमा प्रकाश पारेका थिए । त्यस्तै, कम्पनीका क्षेत्रिय प्रमुख तेजेन्द्र न्यौपानेले सहभागिहरुलाई बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*