प्राइम लाइफ इन्स्योरेन्सको बार्षिक साधारण सम्पन्न, लाभांश प्रस्ताव पारित

१९ मंसिर २०७८, आईतवार १५:१८

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको बार्षिक साधारण सम्पन्न भएको छ । कम्पनीको आज १४औं वार्षिक साधारण सभा कमलपोखरीको अग्रवाल भवमा सम्पन्न भएको हो ।

सभाले आ।व २०७६र७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ८७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै सभामा आर्थिक वर्ष २०७७र७८ को लेखा परिक्षकको प्रतिवेदन सहितको वासलात पारित गरेको छ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने २०७७र०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित भएको छ । आर्थिक वर्ष २०७७र०७८ को लेखा परिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा, नोक्सान, हिसाब तथा नगद तथा नगद प्रवाह विवरण तथा अनुसुचीहरु सहितको वित्तीय विवरण उपर छलफल गरी पारित भएको ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*