बीमाङ्कको तीन गुणा जोखिम बहन हुने नेपाल लाइफको नयाँ बीमा योजना सार्वजनिक, यस्ता छन् विशेषताहरु

२१ मंसिर २०७८, मंगलवार १९:०९

काठमाडौं । देशैकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले नयाँ जीवन बीमा योजना आज सार्वजनिक गरेको छ । बीमा समितिको स्वीकृति पश्चात नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आजैदेखि बिक्री गर्ने गरी सार्वजनिक गरेको नयाँ बीमा योजनामा बीमाङ्कको तीन गुणा रकम जोखम बहन हुने भएको छ ।

बीमितहरुलाई लाभ दिने अग्रणी कम्पनीको रुपमा परिचय बनाएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज सार्वजनिक गरेको ‘नेपाल लाइफ समुन्नत जीवन बीमा’ योजनामा सहभागी भई बीमितहरुले अझै बढि लाभ, अझै बढि जोखिम बहनको सुविधा पाउने भएका छन् । आज सार्वजनिक गरिएको नेपाल लाइफ समुन्नत जीवन बीमा योजना लिने बीमितहरुले बीमा अवधी पुरा भएपछि बीमाङ्क रकममा आर्जित बोनस रकम थप गरी प्राप्त गर्नेछन् । साथै उक्त बीमा योजनामा घातक सुविधा समेत लिन पाउने सुविधा रहेको छ ।

बीमा भनेको जोखिम बहन समेत हो । उक्त बीमा योनजामा सहभागी बीमितको दुर्घटनामा मृत्यु भएको अवस्थामा बीमाङ्क रकमको तीन गुणा बढि दावी भुक्तानी हुनेछ । बीमा अवधीभरमा सवारी वा अन्य कुनै दुर्घटनामा मृत्यु भएमा निजको आश्रित परिवारले बीमाङ्क रकमको तीन गुणा भुक्तानी हुनेछ । त्यस्तै बीमा पोलिसी कायम रहँदाका बखतमै बीमितको दुर्घटना बाहेक अन्य जुनसुकै कारणबाट मृत्यु भएमा बीमाङ्क रकमको दोब्बर रकममा बोनस थप गरी भुक्तानी पाइनेछ ।

कम्पनीले समय सापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना यहाँहरु माझ प्रस्तुत गरेको नेपाल लाइफले जनाएको छ । विकासोउन्मुख देश र भौगोलिक बनावटका कारणबाट नेपालको जीवन यापनमा जोखिम रहेकोले अकाल मृत्युबाट अधिकतम् लाभ प्रदान गर्ने उद्देश्यले बीमा योजना थप समृद्ध बनाइएको कम्पनीको भनाई छ । जोखिमयुक्त पेशाहरु जस्तै डाक्टर, इन्जिनियर, बाइक राइडर, फ्याक्ट्री वर्कर देखि लेबरसम्मका पेशा अपनाउने व्यक्तिहरुलाई लक्षित गरेर नयाँ योजना अघि सारिएको कम्पनीले जनाएको छ । बढि जोखिमयुक्त पेशामा लागेका व्यक्तिको एउटै बीमालेखबाट अधिकतम जोखिम वहन गर्ने विशेषता भएको बीमा योजनाको माग भएको सर्वेक्षणका आधारमा कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना यहाँहरु माझ ल्याएको प्रष्ट पारेको छ ।

नयाँ बीमालेख १८ वर्षदेखि ६० वर्ष उमेर समुहका व्यक्तिले लिन सक्नेछन् । ५ वर्षदेखि अधिकतम ३० वर्र्षसम्म अवधिको बीमालेखले १८ वर्ष देखि ६० वर्षसम्मै घातक रोग उपचार खर्च योजना ऐच्छिक सुविधा लिन सकिने कम्पनीले जनाएको छ । अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर वा अधिकतम ५० लाख रुपैयाँ सम्मको घातक रोग उपचार खर्च योजनामा सामेल हुन सकिने कम्पनीद्वारा आज प्रकाशित बिज्ञप्तिमा जनाइएको छ ।

यो बीमालेखको बीमा समाप्ति अधिकतम ६५ वर्ष उमेरमा हुनेछ कम्पनीले जनाएको छ । नयाँ बीमा योजना न्यूनतम पचास हजार) देखि अधिकतम एक करोड) सम्मको बीमाङ्क रकमको बीमा गर्न सकिनेछ ।

वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिकरुपमा बीमा शुल्क भुक्तानि गर्न सकिने ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजनामा वार्षिक बीमा शुल्क तिर्ने तरिका लिँदा १% छुट, त्रैमासिक बीमा शुल्क तिर्ने तरिका लिँदा ३% थप र मासिक बीमा शुल्क तिर्ने तरिका लिँदा ६% थप लाग्नेछ भने अर्ध वार्षिक बीमा शुल्क तिर्ने तरिका लिँदा प्रीमियममा थप घट नहुने कम्पनीले जनाएको छ ।

यदि कदम्कदाचित बीमालेखलाई निरन्तरता दिन नसक्ने अवस्था आएमा वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात समर्पण मूल्य प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात बीमालेखलाई धितो राखि समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*