नेपाल लाइफ समुन्नत जीवन बीमा योजना सार्वजनिक गरेकै दिन सरस्वति कार्कीले लिए बीमा पोलिसी

२१ मंसिर २०७८, मंगलवार २०:१०

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ समुन्नत जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले बीमा योजना सार्वजनिक गरेकै दिन ताप्लेजुङ शाखाका एजेन्सी म्यानेजर सरस्वति कार्कीले बीमा पोलिसी लिएकि छिन् ।

उक्त बीमा सुरुवाती बीमालेखको रुपमा दर्ता गराई शाखाको पहिलो व्यक्ति हुन सफल भएकि छिन् । जीवन बिमा क्षेत्रमा ताप्लेजुङ शाखाका एजेन्सी म्यानेजर्रसरस्वति कार्की सक्रिय व्यक्ति हुन् । यो बीमालेखको बीमा समाप्ति अधिकतम ६५ वर्ष उमेरमा हुनेछ कम्पनीले जनाएको छ । नयाँ बीमा योजना न्यूनतम पचास हजार० देखि अधिकतम एक करोड० सम्मको बीमाङ्क रकमको बीमा गर्न सकिनेछ ।

वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिकरुपमा बीमा शुल्क भुक्तानि गर्न सकिने ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजनामा वार्षिक बीमा शुल्क तिर्ने तरिका लिँदा १५ छुट, त्रैमासिक बीमा शुल्क तिर्ने तरिका लिँदा ३५ थप र मासिक बीमा शुल्क तिर्ने तरिका लिँदा ६५ थप लाग्नेछ भने अर्ध वार्षिक बीमा शुल्क तिर्ने तरिका लिँदा प्रीमियममा थप घट नहुने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*