नेपाल पुनर्बीमा कम्पनीको १९ प्रतिशत लाभांश स्वीकृत

२२ मंसिर २०७८, बुधबार ११:०७

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको प्रस्तावित लाभांश स्वीकृत भएको छ । बीमा समिति र अर्थ मन्त्रालयबाट कम्पनीको प्रस्तावित लाभांश स्वीकृत भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १६ दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत गरी २ दशमलव ५० प्रतिशत नगद गरि कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त लाभांश प्रस्ताव नियामक निकाय बीमा समिति र अर्थ मन्त्रालयबाट स्वीकृत भएको हो ।

बीमा समितिबाट असोज ४ गते र अर्थ मन्त्रालयबाट मंसिर २० गते कम्पनीले प्रस्ताव गरेको लाभांश स्वीकृत भएको नेप्सेमार्फत जानकारी गराएको सूचनामा जनाएको छ ।

उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*