पहिलो त्रैमासमा हिमालयन रिइन्स्योरेन्सको नाफा ४ करोड ७६ लाख रुपैयाँ, अन्य वित्तीय सूचक कस्तो ?

२३ मंसिर २०७८, बिहीबार २१:३५

काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले पहिलो त्रैमासको मात्र नभएर कम्पनीको स्थापनाको पहिलो वित्तीय विवरण सार्वजनिक गरेको हो । अवधिमा कम्पनीले ८ करोड ८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत वर्षको अन्तिम त्रैमाससम्म कम्पनीले १ लाख ६४ हजार रुपैयाँमात्रै खुद बीमा शुल्क आर्जन गरेको थियो।

कम्पनीले प्रथम त्रैमासमा लगानी, कर्जा तथा अन्यबाट आयबापत ९० लाख १८ हजार रुपैयाँ आर्जन गरेको छ। यस्तो आय गत वर्षको अन्तिम त्रैमासमा २ करोड ३७ लाख रुपैयाँ बढी थियो।

तीन महिनाको अवधिमा कम्पनीले १ करोड ७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने व्यवस्थापन खर्च ३ करोड २२ लाख रुपैयाँ रहेको छ।
प्रथम त्रैमासमा कम्पनीले ४ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको अन्तिम त्रैमाससम्म कम्पनीको नाफा ९४ लाख २६ हजार रुपैयाँमा सीमित थियो।

कम्पनीको हालको ७ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषको आकार ५ करोड १८ लाख रुपैयाँ बढी भएको छ। गत वर्षको अन्तिम त्रैमाससम्म जगेडामा ४१ लाख ४६ हजार रुपैयाँमात्रै थियो।

कम्पनीको बीमा कोषमा ४८ लाख १९ हजार रुपैयाँ र महाविपत्ति कोषमा ४ लाख ६० हजार रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*