बीमा सचेतना कार्यक्रम लिएर पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका पुग्यो एनएलजी इन्स्योरेन्स

२९ मंसिर २०७८, बुधबार १५:१३

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी बीमा जनचेतना सम्बन्धी कार्यक्रम लिएर पश्चिम रुकुम पुगेको छ । एनएलजी ईन्स्योरेन्स कम्पनीद्वारा पश्चिम रुकुमको त्रिवेणी गाँउपालिकामा कृषी तथा पशुपंक्षी बीमा सम्बन्धी छलफल र घुम्ती बीमा सेवा कार्यक्रम सम्पन गरेको छ ।

उक्त कार्यक्रममा त्रिवेणी गा.पा. वडा नं ३ र ५ का वडा अध्यक्ष्यद्वय मोहन वली र खडक बहादुर घर्ती, पशु सेवा कार्यालयका प्रमुख थान बहादुर वली, त्रिवेणी गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत रमेश पुनलगायत स्थानीय अगुवा कृषक तथा पशुपालक किसानहरुको उपस्थिती रहेको थियो ।

एनएलजी ईन्स्योरेन्स कम्पनी नेपालगन्जका क्षेत्रिय प्रमुख सुनील श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपस्थित वक्ताहरुले यस्ता किसिमका घुम्ती बीमा र छलफल कार्यक्रमले सरोकारवाला किसानहरुले प्रत्यक्ष लाभ लिन सहज बनाएको र नजानेका कुराहरुको ज्ञान लिन पाएको भनि आयोजक एनएलजी ईन्स्योरेन्स कम्पनीलाई धन्यबाद व्यक्त गर्दै आगामी दिनमा कृषी बीमा कार्यक्रममा सहकार्य गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

छलफलको क्रममा किसानहरुले आफ्नै गाउ घरमा आएर बीमा बारे जान्ने बुझ्ने अवसर पाएको मा खुशी व्यक्त गरेका थिए भने पशु बीमा जस्तै कृषिका अन्य बीमा गर्नका निम्ति अभिकर्ता तथा कर्मचारीको व्यवस्था मिलाउन अनुरोध गरेका थिए ।

उक्त कार्यक्रममा उक्त पालिका का २ जना पशुपालक किसानहरुलाई दावी भुक्तानीको चेक समेत हस्तान्तरण गरीएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै एनएलजी ईन्सयोरेन्स कम्पनीका क्षेत्रिय प्रमुख श्रेष्ठले कार्यक्रमको उद्देश्य र कृषी बीमाको महत्व माथी प्रकाश पार्दै कम्पनीले नेपाल सरकारले कृषी बीमालेख जारी गर्नु अगावै पशु बीमाको सरुवात गरिसकेको र कृषी बीमा मा योग्दान पुर्याए वापत नेपाल सरकारद्वरा सम्मानित समेत भईसकेको जानकारी गराए ।

कम्पनीले बढी भन्दा बढी किसानहरुलाई बीमा सेवा प्रदान गर्ने कम्पनीले लक्ष्य लिए अनुरुप किसानहरुले बीमा सेवा पाउनका निम्ती आगामी दिनमा समेत किसानहरुको घर दैलोमा पुग्ने गरी अभिकर्ताहरुको व्यवस्था मिलाईने प्रतिबद्धता सो अवसरमा कम्पनीको तर्फबाट व्यक्त गरिएको थियो । भौगोलिक कठिनाई र कोरोना माहामारीले गर्दा सोचे अनुरुप बीमा सेवा दिन नसकेको स्वीकार्दै आगामी दिनमा छलफलमा उठेका विषयहरुमा सच्याउदै बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो । कार्यक्रममा किसानबर्गहरु समेत सचेत हुनुपर्ने भएकोले बीमाबारेमा आवश्यक जानकारी लिन आग्रह गरिएको थियो । कार्यक्रमको संचालन एनएलजी ईन्स्योरेन्स कम्पनी पश्चिम रुकुमाका कार्यालय प्रमुख मोहन बुढाथोकीले गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*