एशियन लाइफको गुल्मी शाखाद्वारा सात लाख रुपैयाँ मृत्यु दावी भुक्तानी

२९ मंसिर २०७८, बुधबार १८:२८

गुल्मी । एशियन लाईफ इन्स्योरेन्सको गुल्मी उप शाखा कार्यालयले बीमित मुसिकोट–७ गुल्मीकी लक्षिमा सापकोटाको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । बीमित सापकोटाको बुहारी विष्णु सापकोटालाई कम्पनीको रिलेशनशीप म्यानेजर राजन केसीले ७ लाख २२ हजार ६ सय ३० रुपैयाँ दाबी भुक्तानी हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

६१ वर्षिया लक्षिमा सापकोटाले सात वर्षे अवधिको लागी २०७७ असार २२ गते ७ लाखको बीमा गराएकोमा २०७७ फागुन १६ गते कालगतीले निधन भएको थियो । दाबी भुक्तानी हस्तान्तरण कार्यक्रममा अभिकर्ता सीता सापकोटाको समेत उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*