प्रथम बीमाशुल्कमा सिटिजन लाइफको चमत्कार, ५ महिनामा तेस्रो स्थानमा देखियो कम्पनी, अन्यको अवस्था कस्तो ?

काठमाडौँ । जीवन बीमा कम्पनीहरुले मंसिर मसान्तसम्ममा १५ अर्बमाथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले १५ अर्ब ३४ करोड ५२ रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका हुन् । बीमा समितिको तथ्याङ् अनुसार मंसिर महिनामा जीवन बीमा कम्पनीहरुले ३ अर्ब १३ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् ।

Source :Beema Samiti
यस अवधिसम्ममा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीले पाँच महिना अवधिमा २ अर्ब ९८ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब ८३ करोड ६२ लाख रुपैयाँ प्रथम बीमाशुल्क गर्न सफल भएका छन् । तेस्रोमा सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब ५ करोड ३० लाख ९८ हजार रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
त्यस्तै, युनियन लाइफ इन्स्योरेन्सले ९८ करोड ७५ लाख, एलआईसीले ९३ करोड ३८ लाख, रिलायबल नेपाल लाइफले ८४ करोड ८१ लाख, एशियन लाइफले ७६ करोड ६ लाख रुपैयाँ, सूर्या लाइफ ७३ करोड ५ लाख ९८ हजार, मेट लाइफले ६४ करोड १ लाख, ज्योति लाइफले ६० करोड ५८ लाख, प्राइम लाइफले ५६ करोड ४३ लाख र आईएमई लाइफले ५३ करोड २६ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
त्यस्तै, रिलायन्स लाइफले ४९ करोड २३ लाख, प्रभु लाइफले ४९ करोड ११ लाख, राष्ट्रिय बीमा संस्थानले ४९ करोड ४ लाख र सानिमा लाइफले ४७ करोड ६ लाख रुपैयाँ, सन नेपाल लाइफले ३५ करोड ३८ लाख रुपैयाँ, महालक्ष्मी लाइफले २८ करोड ९७ लाख र गुराँस लाइफले २७ करोड ८७ लाख रुपैयाँ मात्र प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।