नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा नाहाटाले दर्ता गरेको उम्मेदवारी गैर कानुनी !

१९ पुष २०७८, सोमबार २१:०८

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको आगामी पुस २२ गते हुने निर्वाचनको लागि सञ्चालक पदमा उम्मेदवारी दर्ता गरेका हेमन्त नाहाटाको उम्मेदवारी गैर कानुनी भएको खुलेको छ ।

बीमा समितिले जारी गरेको बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ मा कुनै पनि बैंक, बीमा कम्पनी तथा अन्य संगठित संस्थाको सञ्चालक भएको व्यक्ति बीमा कम्पनीको सञ्चालक बन्न नपाउने व्यवस्था छ । साथै एउटा बीमक कम्पनीको सञ्चालक अर्को बीमक कम्पनीको सञ्चालक बन्न नपाउने स्पष्ट कानुनी व्यवस्था विपरित नेपाल पुनर्बीमा कम्पनीमा आफू कार्यरत बीमा कम्पनीको सञ्चालक पदबाट राजिनामा नदिई नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक बन्न उम्मेदवार बनेका छन् ।

नियामक निकाय बीमा समितिले जारी गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ (जुन कानुन सरह कार्यान्वयन गर्नुपर्दछ) को दफा ७ मा बीमकको सञ्चालक हुन अयोग्यता अन्तर्गत बुँदा नं ‘ज’ मा अन्य कुनै पनि बीमा कम्पनीको सञ्चालक अर्को बीमक कम्पनीको सञ्चालक बन्न नपाउने व्यवस्था छ । साथै सोही दफाको बुँदा नं ‘ङ’ ले समेत हेमन्त नाहाटाको उम्मेदवारी गैर कानुनी भएको खुलेको छ ।

संस्थागत सुशासन सम्बन्धी निर्देशिकाले बीमक कम्पनीको कर्मचारी अर्को संस्थामा सञ्चालक भएमा पनि फरक किसिमको बीमक कम्पनीको सञ्चालक बन्न बाधा नपुर्याउने सोही निर्देशिकाको बुँदा नं ‘ञ’ मा उल्लेख छ । सो आधारमा अन्य कम्पनीको सञ्चालक भएका सिईओहरुलाई नेपाल पुनर्बीमा कम्प्नीको सञ्चाालक बन्न बाधा पुर्याउने छैन ।

नाहाटा विशाल ग्रुपमा आबद्ध उद्यमी हुन् ।

नेपाल पुनर्बीमा कम्पनीको दुई जना सञ्चालकको लागि यही पुस २२ गते हुने निर्वाचनमा दीप प्रकाश पाण्डे, सुनिल बल्लभ पन्त, हेमन्त नाहाटा र बीरेन्द्र वैदवारको उम्मेदवारी परेको छ ।

 

 

बीमा समितिले जारी गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*