नेपाल पुनर्बीमा कम्पनी सहित दुई कम्पनीको बार्षिक साधारणसभा आज

२२ पुष २०७८, बिहीबार ०६:०९

काठमाडौं । तीन ओटा कम्पनीको वार्षिक साधारण सभा आज (पुस २२ गते) बस्दैछ । नेपाल पुनर्बीमा कम्पनी, एनएमबि बैंक र हाइड्रोइलेक्ट्रीसी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल)ले बिहिबार साधारण हुँदैछ ।

नेपाल पुनर्बीमा कम्पनी

नेपाल पुनर्बीमा कम्पनीको छैठौं वार्षिक साधारण सभा आज (पुस २२ गते) काकी ब्यांक्केट बबरमहलमा बिहान ११ बजे बस्ने गरी बोलाएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १६ दशमलव ५० प्रतिशत बोनस शेयर र २ दशमलव ५० प्रतिशत नगद लाभांश कर समेत वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १४ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

एनएमबि बैंक

एनएमबि बैंकको २६ औं वार्षिक साधारण सभा आज (पुस २२ गते) बिहान १०ः३० बजे त्रिभुवन आर्मी अफिसर्स क्लब टुडिखेलमा बस्ने गरी बोलाएको सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १२ दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ३ दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

साथै उक्त सभाले गत आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन माथि छलफल, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह वितरण लगायतका वार्षिक वित्तीय विवरण पारित गर्ने छ भने चालु आर्थिक वर्षको लागि लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक समेत निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस ७ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस ६ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

एचआइडिसिएल

एचआइएडिसीएलको १० औं वार्षिक साधारण सभा आज (पुस २२ गते) बिहान ९ बजे कम्पनीको रजिष्टडए कार्यालय हात्तिसार काठमाडौंमा बस्ने गरी बोलाएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस ५ गते एक दिन बुक क्लोज गरेको हुदाँ पुस ४ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*