शिखर इन्स्योरेन्स कम्पनी ‘अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२१’ बाट सम्मानित

२५ पुष २०७८, आईतवार १०:४४

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी ‘अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१ बाट सम्मानित भएको छ । राजधानीमा गत शुक्रबार कर्पोरेट क्लब नेपालको आयोजनामा प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यमा सम्पन्न “अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१” बाट शिखर इन्स्योरेन्स सम्मानित भएको हो ।

कर्पोरेट क्लवले यस वर्षको “कर्पोरेट एक्सेलेन्स अवार्ड” शिखर इन्स्योरेन्स कम्पनीलाई प्रदान गरिएको हो । विभिन्न १९ विधाहरुमा अवार्ड प्रदान गरिएको उक्त कार्यक्रममा बीमा विधातर्फ शिखर इन्स्योरेन्सलाई “कर्पोरेट एक्सेलेन्स अवार्ड”प्रदान गरिएको हो ।

विभिन्नवित्तीय तथा गैर वित्तीय सुचकांकहरुका साथै सुशासन, नविनता, ग्राहकको सन्तुष्टि, ब्राण्ड पहिचान, समावेशी रोजगारीको अवसर, नैतिक, सामाजिक, कानुनी र उत्तरदायिपूर्ण व्यवहारहरुको विश्लेषण विश्लेषणको आधारमा शिखर इन्स्योरेन्सलाई “कर्पोरेट एक्सलेन्स अवार्ड”प्रदान गरिएको कर्पोरेट क्लवले जनाएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष कुश कुमार जोशीबाट अवार्ड ग्रहण गर्दै शिखर इन्स्योरेन्स कम्पनीका सञ्चालक रमेश कुमार लुईटेल ।

शिखर इन्स्योरेन्सले देशभर १०६ वटा शाखा कार्यालयहरुबाट निर्जिवन बीमा सेवाप्रदान गर्दै आइरहेको छ र ६१० भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् । शिखर इन्स्योरेन्सले मौसमी सुचकांकमा आधारित कृषि बीमा, शतप्रतिशत नगद रहित स्वास्थ्य बीमा, कुनै क्षति बीमितले व्यहोर्नु नपर्ने गरी मोटर अतिरिक्त लाभ बीमा, ढुक्क मनिस्थिति बीमा, कोभिड १९ भ्याक्सिन तथा अन्य भ्याक्सिनको प्रयोगशाला परिक्षण बीमा जस्ता नविनतम बीमा सेवाहरु सरल र छरितो रुपमा प्रवाह गर्दै आइरहेको छ ।

नेपालमा बीमाको विस्तार गर्न आम सर्वसाधारणको जोखिम बहनमार्फत देश विकासमा उल्लेखनिय योगदान पु¥याउँदै आइरहेको शिखर इन्स्योरेन्स बेष्ट इन्स्योरेन्स कम्पनी अफ द इयरबाट यसअघि नै सम्मानित भइसकेको छ । शिखर इन्स्योरेन्स “ए” रेटिङ प्राप्त नेपालको पहिलो तथा एक मात्र बीमा कम्पनीका रुपमा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*