राष्ट्रिय बीमा संस्थानका अध्यक्ष कँडेलद्वारा राजिनामा

३० पुष २०७८, शुक्रबार ११:५६

काठमाडौं । राष्ट्रिय बीमा संस्थानका अध्यक्ष गंगाराम कँडेलले पदबाट राजिनामा गरेका छन् । कँडेलले दुई दिन पहिले अर्थमन्त्रालयमा राजिनामा पत्र बुझाएको विश्वस्त स्रोतले जनाएको छ ।

केपी ओली सरकारको पालामा अध्यक्षमा नियुक्त भएका कँडेलले बदलियो परिस्थितिमा राजिनामा दिएका हुन् । उनको राजिनामा स्वीकृत हुन भने बाँकी छ । एक्चुरियल स्टाटिक्समा स्नातक तथा व्यवस्थापनमा स्नातकोत्तर गरेका कँडेललाई २०७६ कार्तिक २९ मा सरकारले राष्ट्रिय बीमा संस्थानको अध्यक्षमा नियुक्त गरेको थियो ।

बीमा संस्थानमा लामो समयदेखिको बार्षिक साधारणसभा हुन सकेको छैन । केही महिना पहिले संस्थानले तीन आर्थिक वर्षको साधारणसभा एकै पटक गरेको थियो । बाँकी १० आर्थिक वर्षको साधारणसभा अझै गर्न बाँकी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*