सानिमा लाइफले दियो बीमितको परिवारलाई सवा २ लाख रुपैयाँ

३० पुष २०७८, शुक्रबार १२:५०

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको कञ्चनपुर शाखाले मृतक बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका–५ का मृतक बीमित राम प्रसाद चौधरीकी श्रीमती बुधन चौधरीलाई उनको घरमै गएर मृत्यु दावी भुक्तानी वापतको २ लाख १४ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।
कम्पनीका प्रदेश प्रमुख गणेश प्रसाद उप्रेतीको अध्यक्षतामा कार्यक्रम गरी बीमितलाई छिटो छरितो मृत्यु दावी भुक्तानी गर्ने गरेको कम्पनीले सहज र सर्वसुलभ बीमा सेवाका लागि प्रतिबद्ध भएको प्रदेश प्रमुख उप्रेतीले बताए ।

बरिष्ठ एजेन्सी म्यानेजर चित्रदेब भट्ट ले संचालन गरेको कार्यक्रममा सानिमा लाइफका कंचनपुर शाखाका शाखा प्रबन्धक रोशन भट्ट, बजार अधिकारी गणेशराज जोशी बरिष्ठ एजेन्सी म्यानेजर बिरेन्द्र सिंह बोहरा, बरिष्ठ एजेन्सी म्यानेजर गोपि सिंह साउद, एजेन्सी म्यानेजर गंगा देबी कुवर, अभिकर्ता रुपेश के.सि लगायत स्थानीयको सहभागी रहेको थियो ।

बीमित चौधरीले मिति २०७६ साल मंसिरमा २ लाख रुपैयाँ बीमाङ्कको बीमा गराएका थिए । उनले बीमाशुल्क बापत दुई किस्ता वापतको ४१ हजार ९७२ रुपैयाँ मात्र बुझाएका थिए । उनको बिरामी भई उपचारको क्रममा गत मंसिर १६ गते मृत्यु भएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*