नेशनल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८५ रुपैयाँसम्म बोनसदर निर्धारण

२ माघ २०७८, आईतवार १३:५५

काठमाडौं ।काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लागि नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीले न्युनतम ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

फ्युचर बोनसको प्रोभिजनिङको असर कम्पनीको बोनसदरमा देखिएको छैन । कम्पनीले अघिल्लो आर्थिक बर्षमा नै बीमा समितिको निर्देशन बमोजिम फ्युचर बोनसको प्रोभिजनिङ गरिसकेको हुँदा यसमा असर नदेखिएको हो ।

फ्युचर बोनसको प्रोभिजनिङको कारण अधिकाश बीमा कम्पनीको बोनसदर घट्ने आकलन गरिएको थियो । तर कम्पनीले बोनसदरलाई नघटाइ अघिल्लो आर्थिक वर्ष २०७६/७७ कै बोनसदरलाई निरन्तरता दिन सफल भएको हो ।

कम्पनीले सावाधिक जीवन बीमालेखमा अन्तर्गत न्यूनतम ६४ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस निधारण गरेको छ । कम्पनीले भखरै जन्मेको बच्चादेखि ९ बर्ष उमेर समूहसम्मका लागि ६४ रुपैयाँ देखि २६ बर्ष देखि २९ बर्ष वा ३० बर्षभन्दा माथि उमेर समूहहरुको लागि ८५ रुपैयाँ सम्म बोनसदर निधारण गरेको छ ।

सावधिक जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ६४ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनस निधारण गरेको छ। कम्पनीले भखरै जन्मेको बच्चादेखि ९ बर्ष उमेर समूहसम्मका लागि ६४ रुपैयाँ र २० बर्ष वा सो भन्दा माथिको उमेर समूहको लागि ६५ रुपैयाँ बोनसदर घोषणा गरेको छ।

त्यस्तै, कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत न्युनतम ६३ रुपैयाँदेखि ६४ रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । कम्पनीले भखरै जन्मेको बच्चादेखि ९ बर्ष उमेर समूहसम्मका लागि ६३ रुपैयाँ र १५ बर्षदेखि १९ र २० वा सो भन्दा माथिको उमेर समू्हको लागि ३४ रुपैयाँ बोनसदर निधारण गरिदिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*