राष्ट्रिय बीमा कम्पनीद्धारा दुर्घटना बीमा वापतको १० लाख भुक्तानी

२ माघ २०७८, आईतवार १६:१५

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले दुर्घटना बीमा वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रममा खटीएका कर्मचारीको दुर्घटना बीमा दाबी भुक्तानी गरेको हो ।

भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेड बीच २०७७ चैत २६ गते सम्झौता भई गरिब परिवार तथा परिचयपत्र वितरण कार्यक्रममा फिल्डमा खटिने गणक तथा सुपरिपेक्षकको बीमा १० लाख बीमांक कायम रहने गरी सामूहिक दुर्घटना बीमा कार्यक्रम सुरुवात गरेको थियो ।

सोहि बमोजिम बीमामा आवद्ध गणक नयन सिहं रोकायको असार २८ गते बैंतडी जिल्ला सिगास गाउँपालिका तथ्याङ संकलन गर्न खटिएकै शिलशिलामा मृत्यु भई कम्पनीमा बीमा दाबी पर्न आएको थियो ।

बीमा कम्पनीको परिसरमा आयोजना गरिएको एक कार्यक्रमका बीच पिडितको हकवाला श्रीमती मीना रोकायालाई १० लाख दाबी भुक्तानी गरिएको हो । सो कार्यक्रममा मन्त्रालयका बरिष्ठ तथ्याङ अधिकृत झपिन्द्र प्रसाद पाण्डे, समाशास्त्री कुमार न्यौपाने लगायत प्रतिनिधिहरु र मृतक गणकका हकवालाको सहभागि रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*