बुद्धभूमि हाइड्रोपावरको शेयर आजदेखि कारोबारमा आउने

३ माघ २०७८, सोमबार ०७:५१

काठमाडौं । बुद्धभूमि हाइड्रोपावरको साधारण शेयर (आइपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भई आजदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।

कम्पनीको ४० लाख कित्ता शेयर माघ २ गते नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको अंकित मूल्य १०० रुपैयाँका दरले कायम भएको ४० लाख कित्ता आइपीओ सूचीकृत भई बीएनएचसी सिम्बोलबाट कारोबारमा आउने भएको हो ।

नेप्सेले पहिलो कारोबारका लागि कम्पनीको शेयरमूल्य ८२ रुपैयाँ ५ पैसादेखि २५२ रुपैयाँ १५ पैसासम्म तोक्ने देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*