जोशी हाइड्रोपावर कम्पनीको तीन आर्थिक वर्षको वार्षिक साधारण सभा आज हुँदै

३ माघ २०७८, सोमबार ०८:५६

 

जोशी हाइड्रोपावर कम्पनीको ३ वटा आर्थिक वर्षको वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको पाचौँ, छैठौँ र सातौँ वार्षिक साधारण सभा ल्याण्डमार्क हल, दरबारमार्ग, काठमाडौँमा बिहान ११स्३० बजेदेखि सुरू हुनेछ ।

कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । त्यसैले, कम्पनीको शेयरधनीको हात खाली हुनेछ । सभामा आर्थिक वर्ष २०७५र०७६, २०७६र०७७ र आर्थिक वर्ष २०७७र०७८ को सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७५र०७६, २०७६र०७७ र आर्थिक वर्ष २०७७र०७८ को लेखापरीक्षण प्रतिवेदनसहितको वासलात तथा नाफा नोक्सान हिसाव पारित गर्ने, आगामी आर्थिक वर्ष २०७८र०७९ को लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरूको मनोनयन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*