नेको इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव, बोनस र नगद कति?

३ माघ २०७८, सोमबार ११:०४

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आवको संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको छ ।
कम्पनीको आज बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश बीमा समितिको स्वीकृत पाएपश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुमा वितरण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*