किसान लघुवित्तद्धारा २५ प्रतिशत बोनस शेयर घोषणा

३ माघ २०७८, सोमबार ११:२७

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ प्रतिशत बोनय शेयर वितरण गर्ने भएको छ । कम्पनीको माघ २ गते बसेको संचालक समितिको बैठकले उक्त बोनस शेयर घोषणा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशतले हुन आउने ९ करोड ८२ लाख २ हजार १९४ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित बोनस नेपाल राष्ट्र बैंकद्धारा स्वीकृति पश्चात कम्पनीको आगामि साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुलाई वितरण गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*