मल्टीपर्पस फाइनान्सको ७९ हजार कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा

३ माघ २०७८, सोमबार ११:२८

काठमाडौं । मल्टीपर्पस फाइनान्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ७९ हजार १ सय कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

कम्पनीका संस्थापक शेयरधनी दिप नारायण शाहले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सुचना प्रकाशित (माघ ३ गते) भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी कम्पनीको प्रधान कार्यालय राजविराज ४ सप्तरीमा आवेदन दिन सक्नेछन् ।

साथै तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*