नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

३ माघ २०७८, सोमबार ११:५४

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडल मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको पोखरा शाखाले मृत्यु दाबी भुक्तानी गरेको हो ।

कम्पनीले सवारी दुर्घटनाको कारण उपचारको क्रममा मृत्यु भएका दिव्यनगर ७, चितवन (हाल ः पोखरा) निवासी कृष्ण बहादुर गुरुङको श्रीमती पवित्रा गुरुङलाई २१ लाख ४६ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

कम्पनीले माघ २ गते एक कार्यक्रमकाबिच पोखरा शाखा कार्यालयमा बीमितकी श्रीमति पवित्रा गुरुङलाइलाई सो दाबी भुक्तानी गरेको हो । मृतक गुरुङले प्रतिवर्ष ८५ हजार १७९ रुपैयाँ बीमाशुल्क बुझाउने गरी १० लाखको जीबन सहारा जीवन बीमा गराएका थिए ।

अभिकर्ता, ब्यबसाय संयोजक, एजेन्सी मेनेजर तथा कर्मचारीहरु सम्मिलित उक्त कार्यक्रममा निमित्त शाखा प्रमुख बिष्णु बहादुर अधिकारीले चेक हस्तान्तरण गर्दै कम्पनीले दाबी भुक्तानीलाइ उच्च प्राथमिकतामा राखेको बताउदै दुर्घटना बीमाका दावीहरु पेश भएको तीन दिन भित्र तथा प्रस्ताव फाराममा भरिएको विवरण झुटा नठहरिएका बीमालेखको दावीहरु समेत भुक्तानीमा कुनै ढिलाई नहुने बताए ।

बरिष्ठ एजेन्सी मेनेजर नेत्र प्रसाद ढकालले कम्पनी भन्दा पनि कम्पनीका अभिकर्ताहरुलाइ आफ्ना ग्राहकहरुको बारेमा पूर्ण जानकारी रहने हुँदा बीमाशुल्क तिर्न सहजीकरण गर्ने, दाबी परेको खण्डमा कागजातहरु जुटाएर समयमै कम्पनीमा पेश गराउने वातावरण मिलाउन चनाखो रहनुपर्ने र ग्राहकनै आफ्ना भगवान हुने भएकोले उनीहरुको प्रत्येक सुख दुखमा सरिक हुनुपर्ने बताए ।

सो कार्यक्रममा बीमा गर्दा सजिलो तर लिन झन्झटिलो प्रक्रिया हुने हल्ला सुनेको भएता पनि त्यो सत्यता नरहेको यो मृत्युदावी बाट प्रष्ट भएको साथै दाबी पेश गरेको एक हप्ता नबित्दै दाबी भुक्तानी गरेकोमा मृतककी श्रीमती पवित्रा गुरुङ तथा अन्य आफन्तले सरल, सहजरुप एव छिटो बिमा रकम उपलब्ध गराएकोमा नेपाल लाईफलाई धन्यवाद दिएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*