प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

३ माघ २०७८, सोमबार १३:१०

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (माघ ४ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले माघ ५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हुदाँ माघ ४ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउने छन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले माघ २१ गते कम्पनीको भवन नक्साल काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी २८ औं वार्षिक साधारण सभा आव्हान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*