उतारचढावकाबीच २० अंकले बढ्यो नेप्से, कारोबार ७ अर्बमाथि

३ माघ २०७८, सोमबार १५:१५

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सामान्य अंकको सुधार देखिएको छ । अघिल्लो दिन आइतबार ६९ अंकले बढ्न पुगेको नेप्से परिसूचक आज २० अंकले बृद्धि भई २९४७ दशमलव ३८ विन्दुमा पुगेको छ ।

नेप्सेमा सूचीकृत २२४ कम्पनीको १ करोड ४४ लाख ७४ हजार ७१३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६६८ रुपैयाँको कारोबार भएको छ ।

भदौं महिनामा १८ अर्बसम्मको कारोबार भएको नेप्सेमा त्यसयता ३।४ अर्बमा कारोबार सीमित हुन पुगेको थियो । लामो समयपश्चात् अघिल्लो दिन आइबाट कारोबार ९ अर्ब पुगेका थियो । आज फेरी कारोबार घटेर ७ अर्बमा सीमित हुन पुगेको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । आज पनि हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ । अरुण भ्यालीको आज एकैीदन ४४ करोड ५४ लाख ९४ हजार ४७९ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, आज मध्यभोटेकोशीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*