मध्यभोटेकोशीको शेयरमा सर्किट, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

३ माघ २०७८, सोमबार १५:२०

काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा हरियाली छाएको छ । आइतबार ६९ अकंले वृद्धि भएको नेप्से सोमबार दोहोरो अंकले बृद्धि भएको छ ।

पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड ४४ लाख ७४ हजार ७१३ कित्ता शेयर किनबेच हुदाँ ७ अर्ब ९० करोड १८ लाख ९० हजार रुपैयाँ माथिको कारोबार भएको छ ।

अघिल्लो दिन साढे ९ अर्ब माथिको कारोबार भएकोमा आज कारोबार ७ अर्ब ९० करोडमा सीमित हुन पुगेको छ । नेप्से २० अंकले बृद्धि हुँदा आज एक कम्पनीको शेयरमा मात्र सर्किट लागेका छ । सर्किट लाग्ने कम्पनीमा मध्यभोटेकोशी रहेको छ । कारोबारमा आएदेखि नै सो कम्पनीको शेयरमा सर्किट लागेको छ ।

त्यस्तै, सनराइज ब्यलुचिप फण्डको ८.३३ प्रतिशत, सिगंटी हाइड्रो इर्नजीको ८.१९ प्रतिशत, सीइडिबि हाइड्रोपावर डेभलमेन्टको ८.०१ प्रतिशत, एनआरएन इन्फ्रेचरको ७.७८ प्रतिशत, सामलिङ पावरको ७.०४ र नेपाल एसबिआइ बैंकको ६.०२ प्रतिशतले वृद्धि भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*