रिलायन्स लाइफको सिईओमा प्रस्तावित पोखरेलको तलव भत्ताको कुरा मिलेन

४ माघ २०७८, मंगलवार १३:३४

काठमाडौं । राकेश पोखरेल रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ बन्नलाई रोक्ने तयारी गरेको छ । बीमा समितिल तलब सुविधाको बिषय नमिलेको भन्दै हाललाई उक्त प्रस्ताव रोक्ने तयारी गरेको हो।

यसअघि कम्पनीको  सीईओमा प्रवीणरमण पराजुली कार्यरत थिए । उनी नेपाल लाइफ इन्स्योरेन्सको सीईओ हुन गएपछि रिलायन्समा पोखरेललाई नियुक्त गरिएको हो । तर उनको लागि तोकिएको मासिक पाँच लाख रुपियाँ पारिश्रमिक धेरे भएको भन्दै समितिले स्वीकार गर्न ढिलाई गरेको छ।

पोखरेलले बर्तमान सीईओले खाइपाई आएको बराबर सेवा मागेपनि कागजात नमिलेको बीमा समितिले जनाएको छ । प्राइम लाइफबाट बीमामा करिअर सुरु गरेका पोखरेल ५ वर्षअघिनै सुर्या लाइफको एजिएम छाडेर आइएमई लाइफको जिएममा नियुक्त भएका थिए । आइएमई लाइफमा ६ महिना बिताएर बाहिरिएका पोखरेल आफ्नै अडिट फर्म चलाएर बसेका थिए ।

कम्पनीको तर्फबाट सिईओलाई दिने तलब भत्ताको बिषयले निर्देशिका अन्तर्गत नभएको हुँदा रोकिएको बीमा समितिको स्रोतले जनाएको छ । तलब भत्ता सुविधाको कुरा मिलेमा बीमा समितिले स्वीकृत गर्ने समितिले जनाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*