नेशनल लाइफ इन्स्योरेन्सको ५७ हजार कित्ता संस्थापक शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

४ माघ २०७८, मंगलवार १३:५६

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्पामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा दिने भोलि (माघ ५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले संस्थापक समूह तर्फको ५७ हजार १९२ कित्ता शेयर लिलामीमा बिक्री गर्ने लागेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य ३८७ दशमलव ३० रुपैयाँ तोकिएको हुदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य ब्यक्ति तथा संघ संस्थाले बोलकबोल गर्दा न्यूनतम १ कित्ता वा सो भन्दा माथिको लागि १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्तासम्म माग गरी भोलि (माघ ५ गते)सम्म बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड, एनआइसी एशिया बैंक र विभिन्न शाखा मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*