यूनियन लाइफ इन्स्योरेन्सद्धारा ब्यतित बीमालेखमा शतप्रतिशत ब्याज छुट

४ माघ २०७८, मंगलवार १४:१९

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेखमा ब्याज छुट प्रदान गर्ने भएको छ ।

कम्पनीले बीमालेखहरुको नियमित रुपमा नविकरण बीमा शुल्क भुक्तानी नगरी पुरा २ वर्ष अघि देखी ब्यतित भएका बीमालेखहरुको नविकरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा (ब्याज)मा छुट प्रदान गर्ने भएको हो ।

कम्पनीले पुस १२ गतेदेखि माघ २९ गतेसम्म अवधिका लागि शत् प्रतिशत छुट प्रदान गरिने जनाएको छ । सो अनुसार कम्पनीले माघ २९ गतेसम्म ब्यतित बीमालेखको नविकरण गरी शतप्रतिशत छुट लिन आग्रह गरेको छ ।

साथै बीमालेख पूनर्जागरण गराउदा बीमा अवधि भरी एक पटक मात्र ब्याज छुटको सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*