एकैपटक पाँच कम्पनीले पाए आइपीओ जारी गर्न अनुमति, कुनको कति कित्ता आउँदै ?

६ माघ २०७८, बिहीबार १२:१९

काठमाडौं । अध्यक्ष विहिन भएको कारण पाँच महिनापछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले साधारण सेयर (आईपीओ) निष्कासन गर्नका लागि अनुमति दिएको छ । यसअघि अध्यक्षको नियुक्ति नहुँदा रोकिएका आईपीओहरूलाई अब भने बोर्डले अध्यक्षको नियुक्ती नभए पनि अनुमति दिएको हो ।

सर्वोत्तम सिमेन्टको सेयर कारोबार प्रकरणमा मुछिएका धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना असोज १९ गते बर्खास्त भएका थिए । भदौ १६ गते बुधबार बसेको मन्त्रिपरिषद बैठकले बोर्डका अध्यक्षले गरेको सेयर कारोबारको छानबीन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो । छानबीन गर्न समिति गठन गरेसँगै धितोपत्र बोर्डका अध्यक्ष भीष्म राज ढुंगाना आफ्नो काम कारबाहीबाट निलम्बनमा परेका थिए । त्यसैबेलादेखि आईपीओहरू पनि रोकिएको थियो ।

यसअघि साउन १४ गते बोर्डले ३ वटा कम्पनीहरूलाई आईपीओ निष्कासन गर्ने अनुमति दिएको थियो । यसबीचमा आईपीओहरू रोकिए पनि हकप्रद सेयर धने निष्कासन गर्न अनुमति दिइएको थियो ।

लामो समयदेखि आईपीओ रोक्का हुँदा कम्पनीहरूको पुँजी वृद्धि रोकिएको भन्दै लगानीकर्ता, निजी क्षेत्र एवमं अन्य सम्बन्धित निकायहरूले बोर्डलाई आईपीओ निष्कासन गर्न अनुमति दिन दबाब दिँदै आईरहेका थिए ।

आईपीओ निष्कासन गर्न अनुमति दिइने निर्णय गरेको बोर्डका कार्यकारी निर्देशक निरज गिरिले बताए । उनका अनुसार वेभसाइटमा अपडेट हुन बाँकी रहेपनि स्वकृती दिने निर्णय भने भइसकेको छ ।

जाल्पा सामुदायिक लघुवित्त
जाल्पा सामुदायिक ले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्न असार २० गते बोर्डमा आवेदन दिएको थियो ।

नेष्डो समृद्ध लघुवित्त

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासनको अनुमति माग्दै असार ६ गते बोर्डमा आवेदन दिएको थियो ।

राष्ट्र उत्थान लघुवित्त

राष्ट्र उत्थान लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न असार २४ गते सेबोनमा निवेदन दिएको थियो ।

बलेफी हाइड्रोपावर

बलेफी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत फागुन २५ गते बोर्डमा आवेदन दिएको थियो ।

ग्रीन भेन्चर
ग्रीन भेन्चर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरमा ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० लाख कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत फागुन २८ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड आवेदन दिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*