शिखर र आइएमई जनरल इन्स्योरेन्सको हकप्रदले बोर्डबाट पायो स्वीकृती, कसको कति ?

६ माघ २०७८, बिहीबार १३:०९

नेपाल धितोपत्र बोर्डको बुधबार बसेको संचालक समितीको बैठकले दुई बीमा कम्पनीलाई हकप्रद निष्काशनको अनुमति पाएको छ ।
बुधबारको बैठकले शिखर इन्स्योरेन्स कम्पनी र आईएमई जनरल इन्स्योरेन्स कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिइएको बोर्डका कार्यकारी निर्देशक निरज गिरिले जानकारी दिएको छ।

हिजो बसेको सञ्चालक समितीको बैठकले दुई कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिने निर्णय गरेको हो। बोर्डको वेवसाईटमा भने राख्ने तयारी भईरहेको गिरिले बताए ।

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनीले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको हो ।

कम्पनीले भदौ १७ गते, बिहीबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेको थियो । कम्पनीले १ः०.४० अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको वार्षिक साधारण सभाले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

त्यस्तै शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*