एनसीसी बैंकको खुद नाफा ९० करोड माथि, अधिकांश सूचकमा देखियो सुधार

७ माघ २०७८, शुक्रबार ११:२५

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरणअुनसार कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा उल्लेख्य खुद नाफा आर्जन गर्न सफल भएको छ ।

कम्पनीले यस अवधिमा ९० करोड ५ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिसम्मको तुलनामा ३१.८१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्ममा बैंकले ६१ करोड ४० लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

साथै बैंकले समिक्षा अवधिसम्ममा खुद ब्याज आम्दानी र संचालन मुनाफामा पनि उल्लेख्य बृद्धि भएको छ । यस अवधिमा कम्पनीले खुद ब्याज आम्दानी १५ प्रतिशतले बृद्धि भई १ अर्ब ७० करोड रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २४ प्रतिशतले बृद्धि भएर १ अर्ब १३ करोड ६लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले गत आवको सोही अवधिमा खुद ब्याज आम्दानी १ अर्ब ४४ करोड रुपैयाँ र संचालन मुनाफा ८५ करोड ६० लाख रुर्पैयाँ मात्र आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुुद ब्याज आम्दानी र संचालन मुनाफा बृद्धि भएसँगै खुद नाफामा उल्लेखख्य सुधार आएको हो ।

त्यस्तै, यस अवधिमा कम्पनीको चुक्तापूँजी १० अर्ब ३१ करोड रुपैयाँबाट बृद्धि भई ११ अर्ब १३ करोड पुगेको छ । साथै यस अवधिमा कम्पनीले ३ अर्ब ८२ करोड ३८ लाख रुपैयाँ संचित गरेको छ । गत आवको यसै अवधिमा कम्पनीको ३४ करोड ६० लाख रुपैयाँ मात्र जगेडा कोषमा संचित रहेको थियो ।

चालु आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको वार्षिकी प्रतिशेयर आम्दानी १६ रुपैयाँ १७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ४० पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*