कृषि विकास बैंकको खुद नाफा १ अर्ब ४२ करोड, अन्य सूचक कस्तो ?

७ माघ २०७८, शुक्रबार ११:४१

काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकको खुद नाफामा सुधार आएको छ ।

गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीको खुद नाफा १ अर्ब ३२ करोड १८ लाख ८८ हजार रहेकोमा ७.६३ प्रतिशतले बढेर १ अर्ब ४२ करोड २५ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफामा पनि सुधार आएको छ । सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २९.९६ प्रतिशतले बढेर ३ अर्ब ७४ करोड २७ लाख ८० हजार र संचालन नाफा ९.८८ प्रतिशतले बढेर २ अर्ब ८ करोड १८ लाख ७२ हजार रुपैयाँ पुगेको हो ।

साथै यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ५४ पैसाले बढेर १९ रुपैयाँ २२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ ४० पैसा रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*