सन नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम् ७५ रुपैयाँसम्म बोनस पाइने

७ माघ २०७८, शुक्रबार १२:०२

काठमाडौं । सन नेपाल लाइफले आज नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम् ७५ रुपैयाँसम्म पाइनेछ ।

कम्पनीले आव २०७६।०७७ को वित्तिय विवरणको आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो । नियामक निकाय बीमा समितिले यही पुस ३० गते उक्त बोनसदर स्वीकृत भएको कम्पनीले जनाएको छ ।

कम्पनीको सन लाइफ सावधिक जीवन बीमामा न्यूनतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस पाइने छ । त्यस्तै, भाग्योदय जीवन बीमालेख एकल भुक्तानी सावधिकमा पनि न्यूतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस पाइनेछ । त्यसैगरी, बालसमृद्धि बीमालेख सावधिक जीवन बीमालेखमा न्यूनतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस पाइने छ ।

त्यसैगरी, नविन आजिवन बीमालेख सावधिक जीवन बीमालेखमा न्यूनतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस पाइने छ । आज सार्वजनिक गरिएको चारै प्रकारका बीमालेखमा नौ वर्षसम्मको बीमालेखमा ३० रुपैयाँ प्रतिवर्ष प्रति हजार बोनस पाइने छ भने १४ वर्षसम्मको बीमालेखमा पनि ३० रुपैयाँ, १९ वर्षसम्मको बीमालेखमा ४० रुपैयाँ, २४ वर्षसम्म अवधीमा बीमालेखमा ६० रुपैयाँ र २५ वर्षभन्दा माथि अवधीको बीमा गर्दा ७५ रुपैयाँ बोनस पाइनेछ ।

त्यस्तै, सार्थक आजिवन बीमालेख सबै बीमा अवधीमा ३८ रुपैयाँ प्रतिहजार प्रतिवर्ष बोनस दर निर्धारण गरिएको छ । सीमित अवधी भुक्तानी तथा अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनामा २० रुपैयाँ देखि ३० रुपैयाँ बोनस दर कायम गरिएको छ । यस्तो बीमालेख जम्मा ४६५ जनाले मात्रै लिएको कम्पनीले आज जनाएको छ ।

त्यस्तै, धनञ्जय बार्षिक अग्रिम भुक्तानी अन्तर्गतको नौ वर्ष अवधीसम्मका जीवन बीमालेखमा न्यूनतम १८ रुपैयाँ प्रतिवर्ष प्रति हजार बोनस तोकिएको छ । सोही प्रकृतिको बीमालेख अन्तर्गत २० वर्ष वा सो भन्दा माथिको बीमालेखमा ३० रुपैयाँ बोनस तोकिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*