खुद ब्याज आम्दानी र संचालन मुनाफा बढेसँगै ग्लोबल आइएमई बैंकको नाफा साढे २ अर्ब नाघ्यो

७ माघ २०७८, शुक्रबार १२:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब ६६ करोड ३३ लाख ८४ हजार खुद नाफा आर्जन गरेको छ ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार बैंकको यस अवधिमा खुद नाफा १३ प्रतिशतले बृद्धि भएको हो । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, समिक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी र संचालन मुनाफामा पनि उल्लेख्य बृद्धि गरेको छ । जसको कारण खुद नाफा बृद्धि हुन टेवा पुगेको देखिएको हो । बैंकले गत आवमा ४ अर्ब ७७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यस अवधिमा बैंकले ४ अर्ब ७९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै संचालन मुनाफा पनि ३ अर्ब २३ करोड रुपैयाँबाट बढेर ३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिसम्ममा बैंकको चुक्तापूँजी २१ अर्बबाट बृद्धि भएर २३ अर्ब पुगेकोमा बैंकको वार्षिकी प्रतिशेयर आम्दानी २२ रुपैयाँ ३९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ९७ पैसा पुगेको छ । त्यस्तै, तरलता अनुपात २२.९२ प्रतिशत, मूल्य आम्दानी अनुपात १४ रुपैयाँ ५६ पैसा पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*