एनआइसी एशिया बैंकको खुद नाफा १६ प्रतिशतले बृद्धि, इपिएस कति ?

७ माघ २०७८, शुक्रबार १२:२९

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार बैंकको खुद नाफा सामान्य बढोत्तरी भएको छ ।

गत आवको यसै अवधिसम्ममा बैंकले २ अर्ब ६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेकोमा यस अवधिमा १६.५७ प्रतिशतले बृद्धि भएर २ अर्ब ४० करोड २० लाख रुर्पैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले पुष मसान्तसम्ममा खुद ब्याज आम्दानी र संचालन मुनाफामा उत्कृष्ट सुधार गरेसँगै खुद नाफा बढाउन सफल भएको हो । यस अवधिमा र्बैंकले खुद ब्याज आम्दानी ३२.८१ प्रतिशतले बृद्धि भएर ५ अर्ब २४ करोड रुपैयाँ पुर्याउन सफल भएको छ । त्यस्तै, संचालन मुनाफा पनि १२ प्रतिशतले बृद्धि गराएर ३ अर्ब ४२ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

साथै समिक्षा अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८५ करोड ९३ लाख रुपैयाँ रहेको छ ।

यस अवधिसम्ममा बैंकको चुक्तापूँजी ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ रहेकोमा जगेडा कोषमा ८ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ संचित रहेको छ । साथै बैंकको वार्षिकी प्रतिशेयर आम्दानी ३५.७३ रुपैयाँबाट बढेर ४१.५४ रुपैयाँ पुगेको छ । त्यस्तै, यस अवधिसम्ममा मूल्य आम्दानी अनुपात २१.२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ ८९ पैसा पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*