प्राइम कमर्शियल बैंकको खुद ब्याज आम्दानीसँगै नाफा पनि घट्यो

७ माघ २०७८, शुक्रबार १३:१२

काठमाडौं । प्राइम कमर्शियल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको खुद ब्याज आम्दानीसँगै खुद नाफा पनि घटेको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ६७ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.४३ प्रतिशत कम हो ।गत आर्थिक वर्षको यहि अवधिसम्ममा बैंकले १ अर्ब ८१ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.१८ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ७.०७ प्रतिशत घटेको छ । बैंकको नेट फि तथा कमिशन आम्दानी पनि समीक्षा अवधिमा २१.७५ प्रतिशत घटेको छ ।पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८८ करोड ९६ लाख रुपैयाँ रहेको छ ।चुक्ता पूँजी १८ अर्ब ६५ करोड ६३ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोष ५९ करोड ५२ लाख रुपैयाँ छ ।
यस्तै बैंकको निक्षेप ३.११ प्रतिशत बढेको छ भने कर्जा १४.०४ प्रतिशत बढेको छ ।यस अविधिमा बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ९९ पैसा, प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ९१ पैसा र मूल्य आम्दानी अनुपात २०.६७ गुणा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*