छिमेक लघुवित्तको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

७ माघ २०७८, शुक्रबार १३:२७

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैकले संस्थापक समूह तर्फको ८३ हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
उक्त शेयरको न्यूनतम मूल्य ८ सय रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरि आवेदन दिन सकिने छ

कम्पनीको केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रिय कार्यालय मध्य बानेश्वर काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*