सिद्धार्थ बैंकको खुद नाफामा उत्कृष्ट सुधार, इपिएस कति ?

७ माघ २०७८, शुक्रबार १४:०४

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार बैंकले नाफामा उल्लेख्य बृद्धि गर्न सफल भएको छ ।

बैंकले यस अवधिमा १ अर्ब ५७ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आवको तुलनामा ७१.६८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्ममा बैंकले ९१ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी र संचालन मुनाफामा उत्कृष्ट सुधार आएसँगै बैंकले नाफामा छलाङ मारेको हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १८ प्रतिशतले बढेको छ भने संचालन मुनाफा २० प्रतिशतले बढ्न पुगेको छ ।

त्यस्तै, समिक्षा अवधिसम्ममा बैंकको चुक्तापूँजी १२ अर्ब ५२ करोड रुपैयाँ रहेकोमा जगेडा कोषमा ८ अर्ब ७ करोड रुपैयाँ संचित रहेको छ । समिक्षा अवधिसम्ममा बैंकको निक्षेप संकलन १ खर्ब ८८ खर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी १ खर्ब ७६ अर्ब पुगेको छ ।

साथै बैंकको वार्षिकी प्रतिशेयर आम्दानी २५ रुपैयाँ १९ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ २६ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*