प्राइम कमर्सिलय बैंकको संस्थापक शेयर बिक्रीमा

७ माघ २०७८, शुक्रबार १४:१५

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको शेयरको कित्ता भने खुलाएको छैन ।

बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाहरुले सूचना प्रकाशित भएको मिति (माघ ७ गते) ले १५ दिन भित्र कम्पनीको सचिव कार्यालयमा आवेदन दिन सक्नेछन् ।

यस अघि बैंकले उक्त शेयर बिक्रीका लागि संस्थापक शेयरधनीलाई प्राथमिकता दिई ३५ दिने सूचना प्रकाशित गरेकोमा सो अवधि भित्र कुनै पनि आवेदन नपरेकाले उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*