एनआइसी एशिया लघुवित्तको खुद नाफामा छलाङ, अधिकांश सूचक सकारात्मक

७ माघ २०७८, शुक्रबार १४:४५

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअुनसार लघुवित्तले अधिकांश सूचकमा उत्कृष्ट प्रदर्शन गरेको छ ।

कम्पनीले पुष मसान्तसम्ममा ३५ करोड ४८ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ जु गत आवको तुलनामा १२२.०८ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्ममा संस्थाले १५ करोड ९७ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, समिक्षा अवधिसम्ममा संस्थाले खुद ब्याज आम्दानी र संचालन मुनाफामा पनि उल्लेख्य बृद्धि गरेको छ । जसले गर्दा कम्पनीले खुद नाफामा उत्कृष्ट बृद्धि भएको हो । संस्थाको गत आवको तुलनामा खुद ब्याज आम्दानी ९९.१२ प्रतिशतले बृद्धि भएर ७८ करोड २७ लाख ८९ हजार रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १८३.७३ प्रतिशतले बृद्धि भएर ५६ करोड ३१ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिसम्ममा संस्थाको चुक्तापूँजी १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ रहेकोमा संस्थाले जगेडा कोषमा १ अर्ब १९ करोड ५ लाख रुपैयाँ संचित गर्न सफल भएको छ ।

साथै कम्पनीको यस अवधिमा वार्षिकी प्रतिशेयर आम्दानी ४० रुपैयाँ ७७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ४३ पैसा रहेको छ । त्यस्तै, कम्पनीको मूल्य आम्दानी अनुपात ३१.६४ रुपैयाँ रहेको छ भने तरलता अनुपात ०.७४ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*