रिलायन्स लाइफको सिईओमा राकेश पोखरेल नियुक्त, बीमा समितिबाट स्वीकृत

७ माघ २०७८, शुक्रबार १७:३७

काठमाडौं । बीमा समितिले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा राकेश पोखरेललाई नियुक्त गर्ने सिफारिसलाई स्वीकृत गरेको छ । पोखरेलको तलव संशोधन सहित पेश गरेपछि स्वीकृत दिएको बीमा समितिले जनाएको छ । बीमा समितिले स्वीकृत दिएसँगै उनी चार वर्षको लागि सीईओ पदमा नियुक्त भएका हुन् ।

सिईओ पोखरलेलाई कम्पनीको सञ्चालक समितिले भने केही दिन अघि नै नियुक्त गरिसकेको थियो । बीमा समितिले तोकेको प्रमुख कार्यकारी अधिृकतको तलव सुविधा सम्बन्धी मापदण्ड भन्दा केही फरक परेपछि उनको नियुक्त रोकिएको थियो । बीमा समितिमा पुनः प्रमुख कार्यकारी अधिकृतको लागि तोकिएको मापदण्ड बमोजिमको तलव सुविधा राखिएपछि बीमा समितिले आज स्वीकृति दिएको हो ।

पोखरलले यसअघि आईएमई लाइफ इन्स्योरेन्समा डेपुटी सीईओको जिम्मेवारी सम्हालिसकेका छन् भने उनीसँग बीमा क्षेत्रमा करिब ७ वर्ष काम गरेको अनुभव छ । पोखरेलका लागि यसअघिका सिईओ प्रविणरमण पराजुलीकै बराबरी तलव सुविधा तोकिएको भएपनि बीमा समितिले तोकेको मापदण्ड भन्दा सामान्य फरक परेको थियो । तलव सुविधाहरु बीमा समितिको मापदण्ड अनुसार नै भएपछि स्वीकृति दिइएको बीमा समितिले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*