सिटिजन लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

७ माघ २०७८, शुक्रबार १८:०४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले आशाराम खड्गीको परिवारलाई जीवन बीमा वापत १५ लाख बीमा दाबी रकम हस्तान्तरण गरेको हो ।

कम्पनीको बानेश्वर शाखाले ललितपुर वडा नं ९ बस्ने ५४ वर्षका आशाराम खड्गीको मृत्युपछि उनको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो ।खड्गीले १६ वर्षका लागि जिवन बीमा गराएकोमा बीमा गरेको आठ महिनामा मृत्यु भएको थियो ।

कम्पनीमा अभिकर्ताको रुपमा कार्यरत मृतक आशाराम खड्गीको छोरीले नै उनको बीमा गराएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*