एलआईसी नेपालद्वारा मृतक परिवारलाई छ लाख रुपैयाँ दाबी भुक्तानी

८ माघ २०७८, शनिबार १२:०८

बन्दिपुर तनहुँ । लाईफ ईन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड दमौली शाखाले जिबन बीमा दाबी बापतको करिब छ लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।

बन्दिपुर गाउँपालिका–०२ बन्दिपुरका बीमित स्व. विकाश बिश्वकर्माको परिवारलाई एक कार्यक्रमको आयोजना गरी शुक्रबार सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो । मृतक विकासले तीन बर्ष अघि पाँच लाख रुपैयाँ बीमाङ्कको जीवन साथी जीवन बीमा गरेका थिए ।
विकासको निधन पछि कम्पनिले ५ लाख ८९ हजार रूपिया दाबी भुक्तानी गरेको हो । उक्त रकम दमौली शाखाका शाखा प्रबन्धक सुदीप ज्ञवाली, एजेन्सी म्यानेजर बिन्दु कुमार श्रेष्ठ र अभिकर्ता रूपा विकले सयुक्त रुपमा स्व. विकासकी धर्मपत्नी सीता बिश्वकर्मालाई हस्तान्तरण गरेका हुन ।

बिकाश बिश्वकर्मा को २०७८ वैशाख १९ गते बिरामी भइ उपचारको क्रममा निधन भएको थियो । उक्त कार्यक्रममा शाखा प्रबन्धक सुदीप ज्ञवाली एबम् एजेन्सी म्यानेजर बिन्दु कुमार श्रेष्ठ ले जीवन बीमाको महत्वको बारेमा प्रकाश पारेका थिए । बीमा दावी भुक्तानी पाएपछि सिताले सो रकमको सदुपयोग गरिने बताईन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*